मेरो कोभिड यात्रा || मेरो भोगाइ || मेरो सिकाइ ||

SABSCAST (Sabeena Karki) - Un podcast de SABSCAST (Sabeena Karki)

Podcast artwork

Catégories:

Youtube video link: https://youtu.be/rWbdAx326PU पोजिटिभबाट नेगेटिभ आउँदाको खुशी! निकै सतर्क थिएँ तरपनि खै पत्तो पाइँन कहाँबाट सर्यो सर्यो। यसो घोरिएर सोच्दा मर्निङ्ग वाक खूब जान थालेकी थिएँ। धेरै हिंडेर शरीर शिथिल थियो। जब शरीर कमजोर भएको कोरोनाले चाल पाउँछ, उसले बाटो पाइहाल्ने रहेछ। यतिखेर डाइटि्ग गर्ने, बढी व्यायाम गर्ने नगरौं है। जतिसक्दो घरकै ताजा खानेकुरा खाऔं, शरीरलाई कुनै तनाव नदिऔं। एक साताचाहिं तनावपूर्ण बित्यो। मेरो पोजिटिभ रिपोर्ट आउँदा CT Value २६ थियो। मतलब भाइरस लोड कम थियो र निको हुन थालिसकेको थियो। शुरुमा ज्वरो, पेट काट्ने, टाउको दुखाइ थियो। सिटामोल खाएर त्यो सबै सन्चो भैसकेको थियो। तर सातौँ दिनबाट जब बास्ना, स्वाद हराएर नाक टालियो, शरीर स्वस्थ भएपनि मनमा डरको वास बस्यो। काठमाडौँमा एम्बुलेन्सको निरन्तर साइरन, छिमेकमा चर्को खोकी, समाचारमा आउने शव र अक्सिजनको अभावको खबर.. नभएको रोगपनि लाग्ने बनाउँछ। आइसोलेसनले बेग्लै दिक्क लगाउँछ, मानव स्पर्शको महत्त्व झल्झली याद दिलाउँछ...

Visit the podcast's native language site